काठमाडौँ, ८ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।