कांग्रेसलाई कुनै गल्ती गर्ने छुट छैनः नेता कोइराला

काठमाडौँ, ७ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई अब कुनै पनि गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौं आयोजित नागरिक स्वतन्त्रताका लागि गिरीजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले कांग्रेस अब केही दिन भित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी कांग्रेसबाट हुनु नहुने बताउनुभयो ।

उहाँले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालीरहेको उल्लेख गर्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताउनुभयो । नेता कोइरालाले वर्तमान सत्ता गठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।