सिटी होटलले पायो आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौँ, ७ चैत । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

काठमाडौंको सोल्टीमोडको ५ तारे सिटी होटल (हायात प्यालेल) १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कुल १ अर्ब ६७ करोड १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ जारी पूँजी रहेको होटलले जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बरारबरको आईपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१

काठमाडौँ, १ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १ फागुन । नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ ।  Exchange Rate

काठमाडौँ, २९ माघ । आज सेयर बजार ८.९७ अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन नेप्से परिसूचक