सिटी होटलले पायो आईपीओ निष्कासन गर्न अनुमति

काठमाडौँ, ७ चैत । नेपाल धितोपत्र बोर्डले सिटी होटल लिमिटेडलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न स्वीकृति दिएको छ । बोर्डले ५ चैतमा होटललाई आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो ।

काठमाडौंको सोल्टीमोडको ५ तारे सिटी होटल (हायात प्यालेल) १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कुल १ अर्ब ६७ करोड १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ जारी पूँजी रहेको होटलले जारी पूँजीको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बरारबरको आईपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख ७४ हजार कित्ता साधारण सेयर जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।