उपत्यकामा बैंकिङ सेवा आज पनि सञ्चालन हुने 

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यकामा आज पनि बैंकिङ सेवा सञ्चालन हुने भएको छ । घोडेजात्राको बिदा भए पनि काठमाडौँ उपत्यकामा बैंकिङ सेवा सञ्चालन हुने भएको हो । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मंगलबार घोडेजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबारसमेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न निर्देशन दिएपछि आज बैंक तथा वित्तीय संस्थाले सेवा सुरुचारु राख्ने भएका हुन् । 

“घोडेजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (ईसीसी), आरटीजीएसलगायतका आवश्यक बैंकिङ सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,” राष्ट्र बैंकले हिजो जारी गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०