प्रचण्डले ड्राइभरले जस्तै गाडी फेरे : अध्यक्ष लिङ्देन

काठमाडौँ, ६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाडी चलाउने ड्राइभरले जागिर छोडेझैँ गरेको आरोप लगाएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले एउटा गाडी चलाउँदा चलाउँदै प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भनेको बताए ।
उनले भने, “प्रधानमन्त्रीज्युलाई नयाँ गाडी हाक्ने जिम्मेवारी दिएको थियो । गाडी पनि हाइड्रोजन गाडी नै थियो,” “तर, प्रधानमन्त्रीले पुरानै गाडी चलाउँछु भन्नुभयो, हामीले के भन्ने ?”  “हामी त तपाईँलाई अघि लगाएर देशको मुहार बदल्न प्रतिबद्ध थियौँ । तर, तपाईँ पुरानै गठबन्धन भनेर फर्कनुभयो । अलिकति भए पनि नैतिकता बाँकी राखौँ भनेर हामी त त्यही दिन सरकारबाट बाहिरिरिएर समर्थन फिर्ता लिएका थियौ,” “हामी बाहिरिएर सरकारले आशातीत सफलता हासिल गरेन भन्नुभयो । धेरै कामहरु त हामी हुँदै भएका छन् नि !”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाजुरा, ३ माघ । बाजुराको बुढीगङ्गा नगरपालिकामा रुखबाट खसेर एक जना महिलाको मृत्यु भएको छ । नेपाली कांग्रेस बुढीगङ्गा नगर

बर्दिया, ३ माघ । ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ परेका

काठमाडौँ, ३ माघ । काठमाडौँको भाजी रायो सागमा विषादी भेटिएको छ । फलफूल तथा तरकारी बजार विकास समितिले आज परीक्षण

म्याग्दी, ३ माघ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एकजना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन