नेपालीमा बचतभन्दा बढी खर्च गर्ने प्रवृत्ति छ : गभर्नर अधिकारी

काठमाडौँ, ६ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन् ।

आज राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह २०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य मुलुकहरुको दाँजोमा नेपालमा बचत गर्नेभन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृत्ति रहेको बताए ।

उनले भने, ‘हामीले फोर्सफुल्ली गरेको बचतको नेपाल रेट राम्रो छ । १० वर्षमा दोब्बर हुने खालका रेटहरु छन् । त्यो बचतले काम गर्छ । त्यसैले बचत अत्यन्तै जरुरी छ ।  त्यो रकम कतै बचत नगरेपनि खर्च गरेर जान्छ । बचत अनिवार्य हो’, ‘नेपाल सग्रममा कम बचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने सबैभन्दा बढी खर्च गर्छौं । राष्ट्रिय बचतको अनुपात आधारमा हेर्दा बचतको रेट एकदमै कमजोर छ । आम्दानी बचतबाट नै गरिने हो ।’

‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य बनाउनुस्’ भन्ने नारासहित सोमबार ग्लोवल मनी विक २०२३ सुरु भएको छ । ग्लोवल मनी विकको यो एघारौं संस्करण हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको बताएका

काठमाडौँ, ३ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दुर्लभ पक्षाघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ पौष । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सदनमा थन्किएर बसेको शिक्षा विधेयक निर्माणका लागि छलफललाई तीव्रता दिएको छ ।