आजदेखि डीडीसी दूध लिटरको ९७ रुपैयाँ

काठमाडौँ, २ चैट । दुग्ध विकास संस्थानले डीडीसी दूधको मूल्य बढाएको छ ।

संथानले डीडीसी ‘स्ट्यान्डर्ड’ दूधको मूल्य प्रतिप्याकेट पाँच रुपैयाँ ५० पैसा बढाएर ४८ रुपैयाँ ५० पैसा पुर्‍याएको हो । यो मूल्य चैत २ गते (आज)देखि लागु हुने संस्थानका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बताए ।

संस्थानले यसअघि बिक्री गर्दै आएको डीडीसी दूधको मूल्य प्रतिप्याकेट ४३ रुपैयाँ थियो । उपभोक्ताले अब डीडीसीको एक प्याकेट दूध खरिद गर्दा ४८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । लिटरमा भने डीडीसी स्ट्यान्डर्ड दूधको मूल्य ११ रुपैयाँले वृद्धि भएको अधिकारीले बताए । मूल्यवृद्धि हुनुअघि डीडीसी दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो । आजदेखि प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट