काठमाडौँ, २ चैत । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज दिउँसो पानी पर्ने पूर्वानुमान छ । आज काठमाडौँसहित देशका विभिन्न भागमा वर्षा हुन सक्ने जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरू तथा तराई भू–भागका एक–दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।