दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्बाट दोस्रोपटक विश्वासको मत माग्ने तयारीमा रहनुभएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ वा ७ गते विश्वासको मत लिने तयारी भइरहेको प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘राष्ट्रपतिको निर्वाचनपछि राजनीतिक परिस्थिति फेरिएको छ । सरकार बनाउँदा बनेको गठबन्धन भत्किएर पुनः चुनावी गठबन्धनमा रहेका र केही नयाँ दलहरूसमेतको गठबन्धन कायम भएकाले फेरी सांसदको विश्वास लिनुपर्ने नैतिक जिम्मेवारी बोध गर्दै प्रधानमन्त्री विश्वासको मत माग्ने तयारीमा हुनुहुन्छ ।’

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सरकारले समेत पूर्णता पाउने बताउँदै गजुरेलले चैत्र पहिलो हप्तामै मन्त्रीपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी रहेको पनि जानकारी दिनुभयो ।

गत पुस २६ मा प्रतिपक्षी दलको समेत विश्वास प्राप्त गरेका प्रधानमन्त्री प्रचण्ड नेपाल कम्युनिस्ट पार्टी(एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) विश्वाससहित सरकारबाट फिर्ता भएपछि संसद्बाट पुनः विश्वास लिने तयारीमा जुट्नु भएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीमा रहेको यसअघि नै बताइसक्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :