काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको हो । यसअघि राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको थियो ।
बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने सरकारी निर्णयको विरोध समेत गरेको छ । मूल्यवृद्धि गर्ने निर्णय अदुरदर्शी, अमानवीय रअनुचित रहेको राप्रपाको ठहर छ ।