शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १ चैत । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४४ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ६३ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेकाे दिन दुई सय ५३ वटा कम्पनीकाे ३७ लाख १६ हजार कित्ता शेयर एक अर्ब २० करोड २१ लाख रुपैयाँमा कारोबार भएकाे छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर झन्डै छ प्रतिशत र बाराही हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्