गुडिरहेको मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

सुनसरी, १ चैत । जिल्लाको बर्जु गाउँपालिका–२, ढट्टाटोलमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति करिब साढे १ बजे को७प ५६५ नम्बरको मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी बर्जु–३ की ३६ वर्षीया चन्द्रकलादेवी रायको  अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको हो ।

उनी गुडिरहेको मोटरसाइकलमा पछाडि सवार थिइन् । सो मोटरसाइकलका चालक एवं मृतक महिलाका श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्