नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री ढुक्क

काठमाडौँ, १ चैत । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भन्नुभयो– ‘यही सरकारले निरन्तरता पाउनेमा म ढुक्क छु । यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन । सरकारको नेतृत्व तलमाथि हुँदैन । मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’ प्रचण्डले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा उहाँले राष्ट्रपतिको निर्वाचन सकिएको र उपराष्ट्रपतिको निर्वाचनसमेत चैत्र ३ मा भइसकेपछि मन्त्री परिषद् विस्तारले पूर्णता पाउने जानकारी पनि दिनुभयो । सत्ताको जिम्मेवारीमा पुर्‍याउन सहयोग गरेको नेकपा (एमाले) सहितको गठबन्धनबाट राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा अलगीएसँगै सरकारले विश्वासको मत लिनुपर्ने नैतिक जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारको कामलाई चाँडै टुंग्याउने सरकारको तयारी रहेको पनि बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट