काठमाडौँ, ३० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले उप–राष्ट्रपति निर्वाचनको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई मत नदिने भएको छ ।
राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ भन्ने हाम्रो मान्यता भएकोले रास्वपाले उपराष्ट्रपतिमा यादवलाई मत नदिने भएको हो ।
रास्वपाले उप–राष्ट्रपतिका महिला उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा मध्ये कसलाई मत दिने खुलाएको छैन । एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको स्रोतले जनाएको छ ।