१६ वर्षीया गर्भवतीको हेलिकोप्टरमार्फत् उद्धार

हुम्ला, ३० फागुन । हुम्लाकी १६ वर्षीया गर्भवतीकोे हेलिकोप्टरमार्फत् उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा उपचार गरिएको छ ।

हुुम्लाको चंखेली गाउँपालिका–२ की १६ वर्षीया जुनकली कामीलाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको थियो ।

सोमबार दिउँसोदेखि प्रसव पीडा भएपनि मंगलबार बिहानसम्म सुत्केरी हुन नसकेपछि उनलाई सिमिकोटबाट दिउँसो प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो । सुर्खेत विमानस्थलसम्म हेलिकोप्टरमा ल्याइएकी उनको त्यहाँबाट एम्बुलेन्समा अस्पताल पुर्‍याइएको थियो । तर २ बजे अस्पताल पुर्‍याउँदा शिशुकोे मृत्यु भइसकेकोे र प्रसव पीडाका कारण आमाको योनिमा घाउ लागेको अवस्थामा आइपुगेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्