काठमाडौँ, ३० फागुन । सेयर बजारमा मंगलबार झिनो सुधार देखिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.८५ अंकले बढेको हो । आज नेप्से परिसूचक झिनो अंकले बढेर १९५३.०६ विन्दुमा पुगेको छ । कारोबार खुलेको केही समयमा बजार घटेर १९४० विन्दुसम्म झरेको थियो । बजार खुलेपछि बियरिस ट्रेन्ड देखाएको सेयर बजारले बन्द हुने बेला सामान्य सुधार देखिएको हो ।
मंगलबारको कारोबारका आधारमा युनिक नेपाल लघुवित्त, शुभम पावर, सुपर म्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।