डाेटी, ३० फागुन । डाेटीमा जीप र माेटरसाइकल ठाेक्किँदा ६ जना घाइते भएका छन् । प्रहरीका अनुसार दिपायलबाट सिलगढीका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १२५९ नम्बरकाे जीप र सुदूरपश्चिम प्रदेश ०१-१०१० प ४७७४ नम्बरकाे माेटरसाइकल ठाेक्किएकाे हाे ।
दुर्घटनामा परि घाइने हुनेमा दिपायल सिलगढी नगरपालिका–७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, त्यही वडाकी ६५ वर्षीया धौलीदेवि विष्ट, २४ वर्षीया दुर्गादेवि विष्ट, उहाँको एक वर्षीय छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
यसैगरी दिपायल सिलगढी नगरपालिका–६ का मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका–१ वीपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् । घाइतेमध्ये २४ वर्षीया दुर्गादेवि विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।