गोली लागेर एक बालकको मृत्यु

सुर्खेत, ३० फागुन । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु  भएको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ स्वारा भन्ने ठाउँमा अन्दाजी १५ वर्षीय चित्रबहादुर रावतको मृत्यु भएको हो । 

सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक एक्कासि पड्किएर रावतको पेट र घाँटीमा गोली लागेको थियो । उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको हो । 

सोमबार बेलुकी उनका बुबा दिले रावत, आइते रावत र चित्रबहादुर घरदेखि २ किलोमिटर टाढा पर्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा आइते रावतले बोकेको बन्दुक पड्केको थियो ।  घटनाबारे अनुसन्धानका लागि प्रहरी टोलीलाई खटाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्