प्रधानमन्त्रीद्वारा पूर्वाधारमा लगानी गर्न चिनियाँलाई अनुरोध 

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले नेपालको पूर्वाधारको क्षेत्रमा चीनको लगानी खोजिएको बताएका छन् ।

आज बिहान नेपाल–चीन बिजनेस फोरमको बैठकमा उनले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताए । नेपालको विकासका लागि चिनियाँ लगानी आवश्यक भएको उनले बताए । नेपाली वस्तुलाई सहज रूपमा बजार दिन उनले माग गरे । नेपालमा लगानीको सुरक्षामा समस्या नरहेको र लगानीबाट हुने लाभांश लैजान समस्या नरहेको बताए ।

फोरमको बैठकमा भाग लिन आएका चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेसन ट्रेड (सीसीपीआईटी)का उपाध्यक्ष झान साओनले चीनले ९८ प्रतिशत वस्तुलाई भन्साररहित बजार प्रवेश दिइएको बताए । चियालगायत वस्तुको निर्यात बढ्न सक्ने उनले बताए । नेपालमा भएको वैदेशिक लगानीमा चीन पहिलो रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ

काठमाडौँ, ५ जेठ । आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल ।   मेष : भाग्यको उदय हुने दिन छ। खर्च

काठमाडौँ, ४ जेठ । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको

काठमाडौँ, ४ जेठ । स्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार  आज स्याउको मूल्यमा