कामपाले कर नतिर्ने ३३ निकायलाई कारबाही गर्ने

काठमाडौँ, ३० फागुन । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने दुई सरकारी, ७ व्यक्तिसहित ३३ निकायलाई कारबाही गर्ने तयारी गरेको छ । पटकपटक ताकेता गर्दासमेत कर तिर्न बेवास्ता गरेपछि कारबाही गर्ने तयारी गरेको हो ।

कामपाले नेपाल स्काउट, नेपाल रेडक्रम सोसाइटी, जय नेपाल हललगायत संस्थालाई कर तिर्न ताकेता गर्दा पनि कर तिर्न नआएको कारण कारबाही प्रक्रिया अघि बढाउन लागिएको कामपा राजश्व विभागका निर्देशक ध्रुव काफ्लेले बताउनुभयो । ती करदाताबाट करिब २५ करोड रुपियाँ राजश्व संकलन हुन बाँकी छ ।

विभागले वडा कार्यालयले तयार गरेको तथ्याङ्कको आधारमा कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको हो । संविधानको अनुसूची ८ ले सम्पत्ति कर, घरवहाल कर, जग्गा रजिस्ट्रेसन र सवारी रजिस्ट्रेसन जस्ता कर संकलन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । सोही अधिकारको प्रयोग गर्दै कामपाले ३३ निकायलाई सम्पत्ति कर बुझाउन आग्रह गरेको हो ।

वडा कार्यालयहरूबाट प्राप्त तथ्याङ्कअनुसार ल्यान्डमार्क होटल, ओम सान इन्टरनेसनल कलेज, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल सुन्धारा, सीटीसी मल सुन्धारा, एनआरटी क्लब, नेपाल ट्रस्टको स्वामित्वमा रहेको बुद्धवारी कम्प्लेक्स र काठमाडौं इन्जिनियरिङ कलेज छन् । यी सबै करदाताले सम्पत्ति कर तिर्न बाँकी छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३१ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट