शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २९ फागुन । आज शेयर बजार दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ६८ अङ्कले घटेर एक हजार नौ सय ५१ दशमलव २१ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर आज ओरालो लागेको छ । बजारसँगै कारोबार रकम पनि निकै घटेको छ । दुई सय ५६ वटा कम्पनीकाे ३३ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १६ करोड २५ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको छ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर साढे सात प्रतिशत तथा आदर्श लघुवित्त, हिमालयन बैंक र नदिप लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि शुभम् पावर कम्पनीको शेयर भने आज १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन