संसदीय भूमिकामा महिलाहरूको मूल्याङ्कन भएनः मन्त्री शर्मा

काठमाडौँ, २९ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरूको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको बताएकी छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरूले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् ।

उनले भनिन्, ‘नीति निर्माण गर्ने ठाउँमा हामी पुगेका छौँ । कति सफल भएका हौँला, कति असफल भएका हौँला । अवसर पाएका पुरुषहरु सबै सफल हुँदैनन्, अवसर पाएका महिलाहरू पनि सबै सफल हुँदैनन् । तर समस्या के छ भने महिला सफल नहुँदा त्यो कम्युनिटी असफल हुन्छ, पुरुष असफल हुँदा व्यक्ति मात्रै हुन्छ । यहाँनेर समस्या छ’, ‘जतिसुकै कष्ट गरेर भएपनि हामी अवसर पाएका महिलाहरू उत्तीर्ण हुनैपर्छ । हामीले देखेका छौँ, संसदभित्र हे¥यौं भने हामी कानुन बनाउँदै गर्दा सबैभन्दा धेरै कानुन बनाउँदा संशोधन महिलाले नै हाल्छन्, संसदमा कोरम पु¥याउन सबैभन्दा ठूलो संख्या महिलाको नै हुन्छ । तरपनि बाहिर आउँदा मूल्याङ्कन हुँदैन, चर्चासम्म पनि हुँदैन । संसदमा हेरेर सबैभन्दा बढी कानुन बनाउने कुरामा महिला सक्रिय छन् की पुरुष यसको पनि मूल्याङ्कन हुनुपर्छ । संसदको बैठक आयोजना र व्यवस्थापन गर्ने कुरामा पनि कसको बढी सहभागिता छ, यस कुरा चर्चाको विषय बन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावित हुम्लाको नाम्खा गाउँपालिका ६ तिलगाउँमा तत्काल उद्धार

काठमाडौँ, ५ जेठ । सामुदायिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा, राजनीतिक

काठमाडौँ, ५ जेठ । विधायिकी भूमिकामा रहेका सांसदले आर्थिक परिचालन गर्दा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने भन्दै सर्वोच्च अदालतले समेत रोक

काठमाडौँ, ४ जेठ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् ।