सवारी दुर्घटनामा एकको मृत्यु, आठ घाइते

गोरखा, २९ फागुन । गोरखा जिल्लाको गोरखा नगरपालिका–६ मा रहेको बिसौनी मोडमा दुई सवारी साधन एक आपसमा ठोक्किएर सडकमुनि खस्दा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रदेश ३ ०१–०००३ क ६१७० नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आइरहेको बा ८६ प १७८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर सडकभन्दा २० मिटर तल खस्न पुगेका थिए । दुर्घटनामा घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा ६ जना पुरुष र दुई जना महिला घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप