प्रधानमन्त्रीद्वारा उपराष्ट्रपतिमा यादवलाई सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

आज उपराष्ट्रपतिका लागि मत माग्न बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । जसपाका नेता प्रदीप यादवका अनुसार प्रधानमन्त्री प्रचण्डलाई भेटेर सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार जसपा संसदीय दलका नेता रामसहाय यादवलाई यही चैत्र ३ गते हुने निर्वाचनमा सहयोग गर्न आग्रह गरेको हो ।

उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित आफु र आफ्नो दलले सबै सहयोग गरेर सत्ता गठबन्धनबाट उपराष्ट्रपतिका साझा उम्मेदवार यादवलाई विजयी गराउने प्रतिबद्धता जनाउनुभएको छ ।’  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप