अहिलेको सरकारमा सहभागी हुने सोच छैन : अध्यक्ष लिङ्देन

काठमाडौँ, २८ फागुन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको प्रष्ट्याएका छन् ।

आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताएका हुन् । वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको उनले बताए । उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषय छिट्टै पार्टीले निर्णय गर्ने लिङ्देनले जानकारी दिए ।

यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको जिकिर गरे । कार्यक्रममा कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय प्रवक्ता सुरेश आचार्यलगायतका नेता प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि