विवेकशील साझाको केन्द्रीय समिति विस्तार

काठमाडौँ, २८ फागुन । विवेकशील साझा पार्टीको केन्द्रीय समिति विस्तार गरिएको छ ।

पार्टीको शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो ।

मनोनीत हुनेहरूमा गोरखाका नवराज थापा, बाराका रुस्तम अन्सारी, कर्णालीका सूर्यदीप रेग्मी, काठमाडौंबाट ज्येष्ठ नागरिक कोटामा चक्र न्यौपाने, महिला कोटामा निर्जला कक्षपति र सुदूरपश्चिम प्रदेशबाट हरिश भट्ट छन् ।

यस्तै, काठमाडौंका धनेज थापा, गण्डकी प्रदेशबाट सरोज गौतम, ललितपुरका मिलन परियार, काठमाडौंका निरन्जन चापागाईं, गण्डकीबाट शिशिर बन्जारा र महिला कोटामा चन्द्र श्रेष्ठ छन् । पार्टी गतिविधिका लागि वार्षिक ‘क्यालेन्डर’ निर्माण गर्ने, प्रदेश अधिवेशनलाई अघि बढाउने र महाधिवेशनको सन्देश लिएर देशव्यापी यात्रा सुरु गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्