जसपाविरूद्ध तीन मधेशवादी दलको कार्यगत एकता

काठमाडौँ, २८ फागुन । तीन मधेशवादी दलका बीचमा कार्यगत एकता हुने सहमति भएको छ ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), डा. सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बीचमा कार्यगत एकता गर्ने शनिबार सहमति भएको छ । उनीहरूको कार्यगत एकता उपेन्द्र यादव र उनको दल जसपाविरूद्ध केन्द्रीत देखिएको छ ।

तीन दलबीच भएको सहमतिपत्रमा भनिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच आपसी समझदारीका आधारमा सहकार्य गर्दै कार्यगत एकताका निम्ति सहमति भएको छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आ आफ्नो पदको शपथग्रहण गरेका

काठमाडौँ, २९ पौष । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य सन्तोष सुवेदी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश

काठमाडौँ, २९ पौष । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नवीनतम प्रविधि, सीप र पूर्वतयारी

काठमाडौँ, २९ पौष । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरूलाई आग्रह गर्दैछ । निर्वाचन