फेरि शक्तिसाली कम्युनिष्ट पार्टी बन्दैछ, क्रान्तिले धक्का खायो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन् ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिस्टहरूको बृहत्तर एकताका निम्ति बहस सुरु गरिने बताए । 

‘जनयुद्ध र जनआन्दोलनका मुद्धा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन,’ प्रधानमन्त्रीले भने, ‘शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।’ उनले माओवादी धाराका कम्युनिस्ट घटकहरूबीच भइरहेको छलफल पनि एकताका लागि सकरात्मक भएको बताएका छन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्नेमा आफूहरूको साझा मत रहेको उनले बताए ।

‘संसार भएरमा एक पटक कम्युनिस्ट आन्दोलन पराजित भएपछि उठेर आएका विरलै दृष्टान्त छन् । चाहे पूर्वी युरोप हेर्नुस्, चाहे पश्चिम बंगाल वा अन्य ठाउँको क्रान्ति हेर्नुस्, क्रान्तिले धक्का खाएपछि उठ्न कठिन हुन्छ । नेपालमा पनि हामी चुनौती र सम्भावनाको दोसाँधमा छौँ । बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ३१ बैशाख । आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । राज्यका तर्फबाट

काठमाडौँ, ३० वैशाख । सिराहामा टिपरको ठक्करबाट पैदलयात्री मृत्यु भएको छ । प्रहरीका अनुसार मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित सडकमा बा.प्र.०१-००४

काठमाडौँ, ३० वैशाख । संखुवासभामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारी नगरपालिका-१ रेडक्रस