राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै

काठमाडौँ, २८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ ।

पाँच वर्षे कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट निजी निवासमा सर्ने तयारी गरेकी छन् । नेपालको संविधान घोषणापछि २०७२ कात्तिक ११ गते उनी पहिलो पटक राष्ट्रपति भएकी थिइन् । भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । भण्डारी बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा छिन् ।

गत फागुन २५ गते नै नयाँ राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। पौडेलले सोमबार शपथ लिने कार्यक्रम छ। शपथ लिएसँगै उनी निजी निवास बोहराटारबाट शिलत निवास सर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा