आगो लागेका छोराको मृत्यु, आमाको उपचार जारी

काठमाडौँ, १६ माघ । आगोबाट गम्भीर घाइते भएका बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ का बालक प्रिन्स विकको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार प्रिन्स  र उनकी आमा ३० वर्षीया गंगा विकलाई ३० वर्षीय बाबु भानुभक्त विकले आगो लगाएका थिए । आगोबाट गम्भीर घाइते भएका आमा-छोरालाई उपचारका लागि अस्पताल लगिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार उपचारका क्रममा बालक प्रिन्सको गए राति करिब १ बजेतिर मृत्यु भएको हो ।गम्भीर घाइते गंगाको भने भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र ढाडमा आगोले पोलेको छ ।

आइतबार साँझ करिब ६:३० बजेतिर भानुभक्तले श्रीमती र छोरामाथि पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । घरायसी विवादका कारण श्रीमती र छोरालाई उनले आगो लगाएको अनुमान छ । घटनापछि फरार रहेका भानुभक्तलाई प्रहरीले पक्राउ गरिसकेको छ । भारततर्फ प्रवेश गर्ने प्रयासमा रहेका उनलाई जमुनाहा नाका नजिकैबाट पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशसभामा सरकार निर्माणका लागि पार्टीले कुनै पनि दललाई

काठमाडौँ, ३ भदौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक

काठमाडौँ, ३ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय