सीता एअरले टरीगाउँ विमानस्थलमा परीक्षण उडान भर्ने

दाङ, १३ माघ । दाङको तुलसीपुर–१२ टरीगाउँ मा रहेकाे विमानस्थलमा निजी विमान कम्पनी सीता एअरले उडान भर्ने भएको छ ।  त्यसका लागि सीता एअरले आज परीक्षण उडान गर्दैछ । 

तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भर्ने तय भएको छ ।  ‘निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ’, उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ । 

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । अहिले नेपाल वायु सेवा निगमले विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँ मा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाडौँको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाडौँबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण