धादिङ, ११ माघ । धादिङको गल्छी र थाक्रे गाउँपालिका क्षेत्रबाट ४३ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
लागु औषध ब्युरो कोटेश्वर काठमाडौँबाट खटिएको प्रहरी टोलीले गल्छी गाउँपालिका वडा नम्बर–६ मा एक पुरुष र थाक्रे गाउँपालिका महादेवबेसीबाट एक महिला पक्राउ गरेको हो ।
३४ किलो ५ सय ग्रामसहित धादिङको गजुरी गाउँपालिका वडा नम्बर–८ का ३२ वर्षका वीरबहादुर तामाङ र थाक्रे गाउँपालिकाको महादेवबेसीबाट ८ किलोग्राम ५ सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की ३५ वर्षकी लक्ष्मी पुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
पक्राउ परेका तामाङ र पुरीलाई लागु औषध मुद्दा चल्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।






