भरुवा बन्दुकसहित एकजना पक्राउ

झापा, १० माघ । झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी सामुदायिक वनबाट एक नाल भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरीका अनुसार सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको हो । वन उपभोक्ता समितिका पदाधिकारी र सशस्त्र प्रहरी बेस खुदुनाबारीबाट खटिएको संयुक्त टोलीले करिब १० जना युवाहरुको समूहलाई देखि नियन्त्रणमा लिन खोज्दा लोड अवस्थामा रहेको उक्त भरुवा बन्दुक छोडी भागेका थिए ।

भागेकाहरुलाई खोजी गर्ने क्रममा ती किशोरलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार अन्य व्यक्तिहरुको खोजी गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण