प्रतिनिधि सभा नियमवाली मस्यौदा समिति गठन

काठमाडौँ, १० माघ ।  प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकले प्रतिनिधि सभा नियमवाली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

बैठकले २१ सदस्यीय समिति गठन गरेको हो । समितिमा अनिता देवी, डा. अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जिवन परियार, दिलेद्रप्रसाद बँडु , नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेश वतौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, सोविता गौतम, ज्ञानवहादुर शाहीलगायत रहेका छन् । 

प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकले सर्वसम्मतले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्यमीको उत्पादन बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले

काठमाडौँ, २ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूलठूला सभा गर्ने पूराना प्रचलन भइसकेको बताएका छन्

काठमाडौँ, २ माघ । नेकपा (एमाले) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

काठमाडौँ, २ माघ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा पनि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण