नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशन  

काठमाडौँ, ३ पौष । नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ । नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशन गरेको पाँच सयभन्दा धेरै नेपाल भाषाको कथाहरूमध्येबाट छानेर अङ्ग्रेजी भाषामा अनुवाद गरी दुई वटा सङ्ग्रह प्रकाशन गरेको हो ।

‘इन्स्पिरेशन’ र ‘डिभाइन’ अनुवाद सङ्ग्रहको शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा बाखं दबूका संस्थापक राजा शाक्य, साहित्यकार पशुपतिभक्त पमाय्,  नागर्जुन पब्लिकेशनका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ, साहित्यकार भूषणप्रसाद श्रेष्ठ र शिक्षाविद् रुपक राजवंशीले लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा साहित्यकार भुषणप्रसाद श्रेष्ठ र डा. सर्वोत्तम श्रेष्ठका साथै पुस्तक प्रकाशनमा आर्थिक सहयोग पुर्‍याउने शिक्षाविद् रुपक राजवंशी र वसुन्धरा तुलाधरलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालय बैठक आह्वान गरेका छन् । उपाध्यक्ष युवराज ज्ञवालीका

काठमाडौँ, १७ जेठ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको

काठमाडौँ, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको

काठमाडौँ, १७ जेठ । सार्वजनिक खरिद अनुमगन कार्यालयले २३ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकामा कलेज अफ