काठमाडौँ, २९ मंसिर । कीर्तिपुर नगरपालिकामा यस आर्थिक वर्षको मंसिर २० गतेसम्म नगरपालिका सबै वडामा गरी विभिन्न ५३ वटा शिर्षकमा गरी ५ करोड ३३ लाख ९२ हजार, ३१३ रुपियाँ आन्तरिक राजश्व संकलन भएको छ । छोटो समयमा धेरे राजश्व संकलन गर्ने नगरपालिकाको रुपमा कीर्तिपुर नगरपालिका रहेको छ ।
नगरपालिकाले लक्ष्यअनुरुप राजश्व संकलन गर्न राजश्व चुहावटका क्षेत्रहरु पहिचान गर्ने पहिलो चरणमा घरदैलो कार्यक्रम गरी नगरपालिकाभित्र सञ्चालनमा रहेका व्यावसायहरुलाई करको दायरामा ल्याउने र क्रमशः अन्य राजश्वका क्षेत्रलाई समेत समेट्दै लैजाने गरी कार्यक्रम रहेको नगर उपप्रमुख शुभलक्ष्मि शाक्य (सुनिता) ले बताउनुभयो । त्यस्तै नगरपालिका भित्र भएका साँस्कृतिक पर्व संरक्षण गर्न निर्माणाधिन नियामावली मस्यौदाको छिट्टै कार्यान्वयमा ल्याइने र नगरपालिका भित्र सञ्चालन हुने आठवटा जात्रा र पर्वलाई आर्थिक सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।