दक्षिण एसियालीबाट बालश्रमको अन्त्यका लागि दुई दिने सम्मेलन सुरू

काठमाडौँ, २९ मंसिर । दक्षिण एसियाली राष्ट्रबाट बालश्रमको अन्त्य गर्न सामुहिक पहल गर्न राजधानीमा दुई दिने सम्मेलन सुरू भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मेलनको उद्घाटन गर्दै विश्वमै ठूलो समस्याको रूपमा रहेको बालश्रम विरूद्ध नेपालमा आयोजना भइरहेको सम्मेलनमा जुटेका सार्क राष्ट्रका प्रतिनिधीहरूको छलफलबाट बालश्रमको अन्त्यका लागि ठोस निर्णय हुने विचार व्यक्त गर्नुभयो । उहाँले विश्वकै बालबालिका विविध कारणले जोखिमपूर्ण श्रममा संलग्न रहेका छन् भने कोरोना महामारीमा बालबालिका सङ्क्रमणमा परेको र श्रम बजारमा पनि बालबालिकाको संलग्नता बढ्नु विश्वकै लागि चुनौति रहेको बताउनुभयो ।

मन्त्री रेग्मीले नेपाल सरकारले देशमा बालश्रमको अन्त्यका लागि बालबालिका सम्वन्धी ऐन, राष्ट्रिय कार्ययोजना र संयुक्त राष्ट्रसङ्घले पारित गरेको बालबालिका सम्वन्धी महासन्धी अनुमोदन गरेर कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । सो मन्त्रालयका सचिव डिल्लीराम शर्माले बालबालिकालाई श्रममा लगाउनु मानवअधिकार हनन् भएकोले विश्वव्यापी समस्याको रूपमा रहेको बालश्रमको अन्त्यका लागि हुने पहलमा मन्त्रालयको साथ सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले जलवायु परिवर्तन,गरिबी, बालश्रमबारे अनभिज्ञतालगायत विविध कारणले करोडौं बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्याङ्कले समग्रमा विकास प्रभावित हुन्छ, बालश्रमको अन्त्यको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा नेशनल एक्सन कोअर्डिनेशन ग्रुप (राष्ट्रिय कार्य समन्वय समुह) (एनएसिजी)का अध्यक्ष बेनुमाया गुरूङले बालबालिका अन्तरदेशिय सिमानाबाट बालश्रमका लागि ओसार पसार भइरहेको सन्दर्भमा पनि यस सम्मेलनमा चर्चा होस र समस्या समाधानको पहल होस् भन्नुभयो ।

उहाँले तथ्याङ्कको आधारमा नेपालमा सन् २००८मा भन्दा २०१७ बालश्रममा संलग्न बालबालिका घटेको पाईएको छ, मन्त्रालयले पनि बालश्रमको अन्त्यका लागि बजेट छुट्याउन थालेको छ भने श्रम मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलगायत सरोकारवाला संस्थाको सहकार्यमा बालबालिकालाई श्रममा संलग्न हुनबाट जोगाउने पहल हुनुपर्ने बताउनुभयो । उहाँले दक्षिण अफ्रिकाको डर्वनमा बालबालिका सम्वन्धी सम्मेलनमा नेपालले पनि सहभागीता जनाएको र त्यस सम्मेलनले पािरत गरेको बुँदाहरू कार्यान्वयन हुनुपर्ने पनि बताउनुभयो ।

सो अवसरमा साइव्याकका निर्देशक डा. रिन्छन छोेपेलले दक्षिण एसियाबाटै बालश्रमको अन्त्यका लागि नेपालमा दक्षिण एसियाली प्रतिनिधीसहित बालश्रम अन्त्यका लागि कार्ययोजना बनाउन जुटेको बताउनुभयो । सो मन्त्रालयसँगको सहकार्यमा साउथ एसिया टु इण्ड भोइलेन्स अगेन्स् चिल्ड्रेन (साइव्याक)द्वारा आयोजित कार्यक्रममा नेपालसहित भारत, भुटान, पाकिस्तान, अफगनिस्तान,मालदिभ्स, बङ्लादेश र श्रीलङ्काका बालबालिकाका हितमा सक्रिय संस्थाका प्रतिनिधीहरूको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तुलसीपुर, १८ कार्तिक । दाङमा जुवा खालबाट एक लाख ३३ हजार रुपैयाँ नगदसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर

बझाङ, १८ कार्तिक । अरिंगालको टोकाइबाट  बझाङका दुई जना बालकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नम्बर २ डोरगाउँका ३

हुम्ला, १८ कार्तिक । हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् । खार्पुनाथ गाउँपालिका–३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही

काठमाडौँ, १८ कार्तिक । आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत