आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौँ, २९ मंसिर । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगका पदाधिकारीको टोली शितल निवास पुगेर आज राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाएका हुन । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेश गरेको हो । 

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् । प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिवार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा

काठमाडौँ, १७ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा

काठमाडौँ, १७ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।  गोलभेडा

काठमाडौँ, १७ कार्तिक । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ