रविको नागरिकता छानबिन गर्न उजुरी दिनेमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन

काठमाडौँ, २० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफू ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् ।

उनले जिउ ज्यानको सुरक्षा माग गर्दै मन्त्रालयमा बुझाइएको निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषतः रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ । आवश्यक कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतीका कारण समस्या भएकोले सो मुद्दा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेस गरेको छु ।’ नेपाली नागरिकको हैसियतमा कानुनसम्मत कुरा उठाउँदा जिउ ज्यान नै जोखिममा पार्न पर्दा आफूले निकै दुख महसुस गरेको सफलको भनाई छ । ‘मेरो जिउ ज्यानमा केही भएको खण्डमा त्यसको जिम्मेवारी रवि लामिछाने ,उनका समर्थक र शुभचिन्तकले नै लिन पर्ने कुरा पनि यसै निवेदन मार्फत जानकारी गराउन चाहन्छु,’ उनले निवेदनमा भनेका छन्, ‘नेपाल सरकारका निकायले अनुसन्धान गरी रहेको विषयमा एउटा व्यक्तिलाई मुख्य टार्गेट गरी कानुन हातमा लिन खोज्नु नेपालको संविधान विरोधी गतिविधि हो भन्ने कुरामा म विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका