सिके राउत र बाबुराम भट्टराईबीच भेट

काठमाडौँ, १९ मंसिर । जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ ।

आज सिके राउत र बाबुराम भट्टराईबीच भेट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन् । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्।

‘जनमत पार्टीका अध्यक्ष डा.सि के राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल। मैले संविधान निर्माणको क्रममा संवैधानिक समितिको सभापतिको हैसियतले तत्कालीन सबै विद्रोही समूहहरूको समेत राय लिने क्रममा उहाँलाई सिंहदरबारमा भेट्दा औंला उठाउनेहरू आज गलत साबित भएकोमा खुसी’, उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले बुधबार दिउँसो

काठमाडौँ, १० असार । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णयप्रति धन्यवाद दिएको छ ।  आज

काठमाडौँ, १० असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशमा रहेका नेपाली दूतावासको फोन नउठेमा सिधै नेपालमा ट्रान्सफर हुने

काठमाडौँ, १० असार । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अराजकतालाई मलजल गर्ने गरी असंसदीय काम गरेको आरोप