फिल्म ‘बब दाइ’को मुख्य भूमिकामा मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव

काठमाडौँ, १९ मंसिर । निर्माता सुनिल मानन्धर र निर्देशक प्रवीण श्रेष्ठले नेवारी संस्कृतिमा आधारित फिल्म ‘बब दाइ’ निर्माण गर्ने भएका छन् ।

फिल्मको प्रमुख भूमिकाका लागि अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरिएको छ । अहिले मदनकृष्णले फिल्मको पटकथा अध्ययन गरिरहेका छन् । महजोडीका अर्का अभिनेता हरिवंश आचार्यलाई प्रस्ताव गर्ने वा नगर्नेबारे निधो भइनसकेको निर्माता मानन्धरले जानकारी दिए । हरिवंशका छोरा मोहितवंशले पनि बुवालाई ‘अप्रोच’ नगरिएको जानकारी दिए ।

‘मदनकृष्ण फाइनल हुनुभयो भने हरिवंशलाई पनि प्रस्ताव गर्ने निर्माता मानन्धरले जानकारी जनाएका छन् । अहिले अन्य कलाकारको भने निधो भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका