एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

काठमाडौँ, १९ मंसिर । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ ।

पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेका माओवादी केन्द्रको निर्णय आइतबारको बैठकबाट भने खण्डन गरिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुला रहेको जानकारी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । तर आइतबारको बैठकपश्चात् पार्टी महासचिव देव गुरुङले पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गरेका छन् ।

महासचिव गुरुङले बैठकमा निर्वाचनसम्बन्धी सबै पक्षबारे समीक्षा भएको तर अहिलेको गठबन्धनको विकल्पबारे पार्टीमा कुनै समीक्षा नगरेको दाबी गरेका छन् महासचिव गुरुङले गठबन्धनको कतिपय क्षेत्रमा अपेक्षाकृत नभए पनि मूलभूत रूपमा उपलब्धिमूलक रहेको दाबी गर्दै सरकार गठनको विषयमा प्रवेशसमेत नगरेको दाबी गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका