नेप्सेमा सामान्य वृद्धि

काठमाडौँ, १८ मंसिर । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।

अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ । आइतबार जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ । ३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार हुँदा ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्य स्थिर छ । धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा ओरियन्टल होटलको सेयर मूल्य ६.५७ प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका