विज्ञापन बजार विस्तार हुनुपर्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ, १८ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार बिस्तार हुनुपर्ने बताएका छन् ।

आइतबार नेपाल एफ. एम. नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि बिस्तार हुनुपर्ने बताएका हुन् । उनले विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको बताए  । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उनले उल्लेख गरे । उनले गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको बताए ।

उनले भने– ‘हामीलाई के लाग्यो भने यो रेडियोको विषयमा आमसञ्चार माध्यमको विषयमा फरक ढंगले सोच्नुपर्छ भन्ने लाग्यो । हामीले त्यतिखेर यो संविधान जारी हुनासाथ आमसञ्चार नीति बनायौँ । त्यो आमसञ्चार नीतिभित्र अब कहीँ आमसञ्चार माध्यमलाई मर्जरमा जानुपर्छ कि भनेर केही संकेत ग¥यौँ । म तपाईहरुलाई मर्जरतिरै जानुस् त भन्दिनँ । त्यसो भनेन भने तपाईहरु टिक्नुहुन्छ कि टिक्नु हुँदैन भन्ने डर छ । यो दुई वटाको विषयमा उपयुक्त तालमेल र व्यवस्थापन गर्ने प्रक्रिया खोज्नुपर्छ भन्ने मलाई लाग्छ ।’ 

उनले रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको बताए । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनको भनाई छ । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न सुझावसमेत दिए । उनले सञ्चारमाध्यमले उत्पादन गर्ने विषयवस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भूमिका रहेको भन्दै प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका