काठमाडौँ, १८ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ७०रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।