सुकुमबासी व्यवस्थापनबारे ५ सदस्यीय समिति गठन

काठमाडौँ, १८ मंसिर । शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको छ ।

मन्त्रालयले आइतबार नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहनुभएको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती नदी, सहायक नदी तथा उपसहायक नदी करिडोर खाली गराउन लागिरहेको बेला शहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सम्वद्ध निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्री चौधरीले सरोकारवाला निकाय सम्वद्ध प्रतिनिधिसँग छलफल गरेपछि मन्त्रीको निर्देशनमा समिति गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका