७५ रुपैयाँका लागि महिलाको गोली हानी हत्या, सात पक्राउ

एजेन्सी, १७ मंसिर । भारतको राजस्थानको करौली जिल्लाको मालपुर थाना क्षेत्रमा बुधबार एक महिलाको गोली हानी हत्या गरिएको छ ।

बीबीसीका अनुसार घटना रोक्न प्रयास गरिरहेका अन्य दुई युवा घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न सात आरोपीहरूलाई शुक्रबार पक्राउ गरेको छ ।

मसलपुर प्रहरी चौकीका प्रमुख पुरुषोत्तम सिंहले बीबीसीलाई भने, ‘देवरी गाउँमा मृतक महिलाको परिवारले खेत जोत्न ट्याक्टर मागेको थियो, जोतिसकेपछि पीडित पक्षले सवा बिघा खेत जोतिएको बताएको थियो भने अभियुक्त पक्षले डेढ बिगा भएको जिकिर गरेको थियो । आधा बिघा जग्गा कम कि बढी जोतेको भन्ने विवाद बढ्दै गएपछि घटना घट्यो ।’

उनले भने, ‘सुरुमा ७५ रुपैयाँको लेनदेनमा कुरा नमिल्दा गोली हानेर हत्या भएको घटना बाहिर आएको छ। अहिले सात जना पक्राउ परेका छन्, अनुसन्धान जारी छ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका