समानुपातिकतर्फ एमालेको अग्रता कायमै: अरुको कति ?

काठमाडौँ, १७ मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ ।

निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताइएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार सदर मत गणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराती अन्दाजी

काठमाडौँ, २ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।