समानुपातिकतर्फ एमालेको अग्रता कायमै: अरुको कति ?

काठमाडौँ, १७ मंसिर । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुवातदेखिको अग्रता कायम राखेको छ ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २७ लाख ७९ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ४८ हजार मत पाएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २१ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ ।

निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताइएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । अहिलेसम्म १ करोड ३ लाख ८२ हजार सदर मत गणना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका