भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

एजेन्सी, १६ मंसिर । भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व बैंकको पछिल्लो प्रकाशित प्रतिवेदनले देखाएको हो ।

भारत विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश बनेको छ । विश्व बैंङ्कका अनुसार एकै वर्षमा यति ठूलो रकम भित्र्याउने भारत पहिलो देश हो । अमेरिकालगायत विकसित देशहरूमा भारतीयहरूको बढ्दो रोजगारी र ती देशहरूमा उनीहरूले पाउने पारिश्रमिक वृद्धिका कारण भारत १ वर्षमा एक सय अर्ब डलर रेमिट्यान्स भित्र्याउन सफल भएको विश्व बैंङ्कको भनाइ छ । विप्रेषण वा आप्रवासी कामदारबाट हुने कमाइ घरमा रहने परिवारका लागि महत्त्वपूर्ण स्रोत पनि हो ।

उच्च रेमिट्यान्स भित्र्याउने अरु देशहरुमा मेक्सिको, चीन, इजिप्ट र फिलिपिन्स पनि रहेका छन् । दक्षिण एसियामा भारतपछि नेपाल रहेको विश्व बैंङ्कले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामसहितको २६ बुँदे सुझाव

काठमाडौँ, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।  अज

काठमाडौँ, १५ चैत । कर्जा प्रवाह बढ्न नसकेपछि ६ खर्ब ६१ अर्ब लगानीयोग्य रकम बैंकमै थुप्रिएको छ । अर्थतन्त्रका बाह्य सूचकमा

काठमाडौँ, १४ चैत । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले लोडसेडिङ हुन लागेको हल्ला सही नभएको दाबी गरेका छन्