मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा, १६ मंसिर । झापाको दमक नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ  भने मोटरसाइकल चालक गम्भीर घाइते छन् ।

प्रहरीका अनुसार गएराति प्रदेश १–०१–०१६ प ८९९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री इलामको माई नगरपालिका–१० बस्दै आएका ४७ वर्षीय गोपाल राईको थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । गम्भीर घाइते भएका मोटरसाइकल चालक झापाको कन्काई नगरपालिका–४ का २५ वर्षीय नितेश बस्नेतको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा